काठमाडौं: भोटेकोसी पावर कम्पनी र स्थानीय समुदायबीच १० प्रतिशत हिस्सा आयोजना प्रभावित स्थानीयलाई दिने सहमति भएको छ ।

कम्पनीले यसअघि ६ प्रतिशत दिने बताएको थियो । त्यसमा चार प्रतिशत बढाएर कुल १० प्रतिशत सेयर वितरण गर्ने सहमति गरेको हो । अंकित मूल्य १०० कायम गरी उक्त सेयर स्थानीय जनतालाई निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले भोटेकोसी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५० लाख रकम सामाजिक उत्तरदायित्वको रूपमा जम्मा गर्ने सहमति भएको छ । उक्त रकम आयोजना प्रभावित स्थानीय जनताको हितका लागि खर्च गरिने जनाइएको छ ।

सहमति पत्रमा उल्लेख छ, “आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न कम्पनीले भोटेकोसी गाउँपालिकामा दुई करोड ५० लाख रकम जम्मा गर्नेछ ।”

यसका साथै कम्पनीले भविष्यमा आउने सम्भावित समस्याहरू समाधान गर्न र आयोजना क्षेत्रका कर्मचारीहरूको सुरक्षा तथा शान्तिपूर्ण सञ्चालनका लागि पनि सहकार्य गर्ने सहमति भएको छ । सहमतिपश्चात् आयोजनाको विद्युत् उत्पादन सुरु भएको छ । स्थानीयले १० प्रतिशत सेयरमा गर्दै भदौ २५ गतेदेखि आयोजनाको उत्पादन रोकेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version