काठमाडौँ: इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि सेनालाई गाजा सहरमा हमासबाट सात बन्धक फिर्ता लिएको जानकारी दिएको बताएको छ।

ती सात जनामा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्।

रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्‍याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ।

जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ।

यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दु:खको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन्।

इजरायलसँग भएको युद्धविराम सम्झौताबमोजिम हमासले आज बन्धक रिहा गर्न सुरु गरेको हो। यस क्रममा पहिलो खेपमा उसले ७ बन्धक मुक्त गरेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version