काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुस लिएको आरोपमा आज पक्राउ गरेको छ ।

एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बद्नियताका साथ हानी पु¥याएको भन्ने उजुरीका आधारमा छानबिन हुँदा बद्नियत देखिएको आयोगले ठहर गरेको छ ।

नेपालीकरकणका लागि प्राप्त निवेदन र सो साथ संलग्न भएका अन्य कागजात र सफल परीक्षार्थीका उत्तर पुस्तिका लगायतका कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात धुल्याइ नष्ट गरेको अभियोग उहाँहरुमाथि लागेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version