काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट आज पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २.५६ र डिजेलमा ०.२५ ले घटेर आएको निगमले जनाएको छ। निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६।५० रुपैयाँ कायम भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version