काठमाडौं । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो । ४ हजार १३० मिटर उचाइमा रहेको बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरु छन् । उनीहरु हिउँमा रमाइरहेका छन् ।

हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । तर बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् ।

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version