काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज साताको अन्तिम कारोबारको दिन एकै दिन २ हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँका कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९८.२२ अमेरिकी डलर र चाँदी ४८.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version