काठमाडौँ: सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version