काठमाडौं: आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ । ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५४४.५९ बिन्दुमा पुगेको हो ।

आज भएको सेयर कारोबारमा १९८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्री गर्नेले सबैभन्दा नाफा कमाए भने दरमखोला इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से घट्दा उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version