काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँमा किनबेच भएको थियो । जसअनुसार आज सुनको भाउ तोलाको १७ सय रूपैयाँले सस्तिएको हो ।

सुनको मूल्य घट्दा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ । सोमबार प्रतितोला ३८ सय ७० रूपैयाँमा किनबेच भएको चाँदीको भाउ मंगलबारका लागि ३८ सय ८५ रूपैयाँ कायम भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version