काठमाडौँ: नेपाली बजारमा सुनचाँदीकै मूल्य अहिलेम्मकै महँगो भएको छ।

सुनको मूल्य तोलामा तीन हजार चारसय रुपैयाँ बढेर आज दुई लाख ६१ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

शुक्रबार तोलामा दुई हजार र आइतबार तोलामा एकसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो। हिजो सुनको भाउ तोलाको दुई लाख ५८ हजार तीनसय रुपैयाँ थियो।

गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेर घटेको थियो

आज चाँदीको मूल्य तोलामा एकसय ३५ रुपैयाँ बढेरको छ।

चाँदीको मूल्य आज तोलाको चार हजार दुईसय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version