काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार प्रतितोला चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version