काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) ४ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री सेल्सियस देखिएको हो। यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा भने ४.३ डिग्री सेल्सियस थियो।
सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम हो। हिजो शनिबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो।
यसैबीच आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।
Facebook Comments Box

