काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साँढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमाथि छाविन गरिरहेको सरकारी अनुशन्धान समितिबारे आफुले कुनै किसिमको विचार र वक्तब्य राख्न नमिल्ने टिप्पणी गरेका छन् ।

सरकारी अनुशन्धान समिति एक सरकारको स्वतन्त्र र अधिकारप्राप्त समिति भएकोले आफुले सो समितिले गरेको कुनै पनि अनुशन्धान पद्दतिमाथि प्रश्न र टिका टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।

नेपाल प्रहरी प्रमुखको जिम्मेवारी सम्म्हालेको दुई महिना १५ दिन जतिमा पहिलो पटक प्रहरी मुख्यालयमा विहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो विचार ब्यक्त गरेका हुन् ।

प्रहरी भित्रैबाट राम्रा र स्वच्छ छवि भनिएका प्रहरी अधिकारीहरु नै सुन काण्डमा मुछिएको पत्रकारको प्रश्नमा, आइजीपी खनालले भने – पहिलो संगठन भित्रै रहेर काम गर्दा कतै कुनै नराम्रो सुनेको साथीहरुको व्यवहार कुनै एउटा मात्रै गलत मनसायले गरिएको वा पर्न गएको रहेछ भने त्यो एक गलत कार्य नै अपराधको भागिदार हुन पर्याप्त हुन्छ ।”

उनले भने सरकारले चाहेको सहयोग, सल्लाह र सुझाव भने आफुले समितिलाई मागेको खण्डमा दिने आफु तयार रहेको बताए । सुन समितिले गरिरहेको अनुशन्धान प्रति प्रश्न गर्ने कुनै पनि प्रहरी अधिकृतहरुले गर्न नमिल्ने पनि उनको तर्क थियो ।

उनले भनेका छन् यो समिति आफु प्रहरी प्रमुख बन्नु अघि नै गठन भएको र प्रहरी प्रमुख भएकै नाताले एक स्वतन्त्र निकाएले गरेको अनुशन्धानमा मैले सार्वजनिक बक्तब्यबाजी गर्नु पनि मिल्दैन ।

सो घटनामा हाल मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा परेको छ । जसमध्ये दुई जना अदालतको तारेखमा छुटिसकेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version