काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले वि‍शेष महाधिवेशन‍मा सभापति नजाने बताएका हुन्।

‘सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ उनले भनेका छन्।

कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version