काठमाडौँ: मेयर बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।

स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा शाहले आफ्नो कार्यकालमा महानगरवासीको हितका लागि इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी बनोस् भन्ने कामना गर्दछु।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version