काठमाडौँ: साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ३ लाख नाघेको छ । आज एकैदिन ९ हजार २०० रुपैयाँले बढेसँगै सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एकैदिन चाँदी तोलामा ३२० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै महँगो हो । बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा किनबेच भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९५६.२५ अमेरिकी डलर र चाँदी ९८.६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version