काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार २०.०० अमेरिकी डलर र चाँदी ८०.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

