काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको थियो । ‘उहाँलाई हामी परिसर ल्याउँदैछौं,’ ती प्रहरी अधिकारीले भने ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version