लहान: प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

यात्रु सहायता कक्ष सञ्चालन

दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजगर गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ मा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सगरमाथा बस व्यवसायी सङ्घले लहान–१ मारुती होटल नजिक यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।

चाडपर्वको समयमा यात्रुलाई ठगीमा पर्न नदिन र सहजरूपमा यातायात व्यवस्था मिलाउन यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version