काठमाडौँ: इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।

टीके ७२६ कल साइनको विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । आगो दमकलको प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ ।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

सो विमानमा आगलागी भएपछि विमान धावनमार्गमै रोकिएको थियो । त्यसपछि विमानस्थलको आपत्कालीन उद्धार टोली, दमकल र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको क्यानले जनाएको छ ।

विमानमा चार बालबालिकासहित २७७ यात्रु सवार रहेका थिए । घटनामा सबै यात्रु सुरक्षित रहेका छन् । घटनापछि धावनमार्ग केही समय अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएको छन् । विशेषगरी ठूला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित तालिका प्रभावित बनेको विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आपत्कालीन प्रतिक्रिया टोली, दमकल सेवा र विमानस्थल सञ्चालन विभागको तीव्र समन्वय र सक्रियताका कारण ठूलो दुर्घटना टरेको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version