काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणामा थापा महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुँदै शुभकामना दिन चितवन जान लागेका हुन् । सभापति थापाले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए ।

रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभाही हुने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version