काठमाडौँ: भेनेजुएलामा आपतकालको घोषणा गरिएको छ। भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी हुन्।

सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए। राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ। भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version