काठमाडौं: बुधबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ४८० रुपैयाँ कायम भएको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version