काठमाडौँ: सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री पोखरेलका अनुसार आर्थिक ऐनको व्यवस्था बमोजिम ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ अबदेखि पूर्ण रूपमा मिनाहा हुनेछ ।
यसअघि प्रधानमन्त्री बालेन शाहले अनौपचारिक रूपमा यी शुल्कहरू हटाउने जानकारी दिए पनि बुधबारको मन्त्रिपरिषद् बैठकले यसलाई औपचारिक रूपमा पारित गरेको हो । यो निर्णयसँगै अब कुनै पनि विद्यालय वा अस्पतालले उक्त शीर्षकमा शुल्क लिन पाउने छैनन् ।



