काठमाडौं: सुन तस्करीमा प्रहरीको उच्च निगरानी बढे पनि यसको अवैध ओसारपसार कार्यमा कमी आउन सकेको छैन।

प्रहरीले सोमबार थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनियालाई करीव १० लाख २५ हजार रुपैयाँ बराबरको २०७ ग्राम अवैध सुनसहित पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो ।
प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version