काठमाडौँ: गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११के.भी.सबस्टेसन सफलतापूर्वक चार्ज भएकोछ।

लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरिय र भरपर्दो हुने अपेक्षा गरिएको छ।


नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, बाट एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त आयोजना सञ्चालन गरिएको हो।


उक्त आयोजना अन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दी लगायतका विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ के.भी. लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण लाइन निर्माण गर्ने कार्यक्रम रहेको थियो।


लामो समयदेखि स्थानीयस्तरमा उत्पन्न अवरोधका कारण सञ्चालनमा आउन नसकेको सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका जनताले ठूलो लाभ प्राप्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो।


उहाँले भन्नुभयो, “बिगत लामो समयदेखि स्थानीयबाट अवरुद्ध भएको यो सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका १५ हजार जनताले भरपर्दो र गुणस्तरिय विद्युत् सेवा प्राप्त गर्नेछन्। साथै, यस क्षेत्रमा निर्माणाधीन बारपाक दरौदी हाईड्रोपावर आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यसै सबस्टेसनको माध्यम बाट नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिने छ।”
घ्याम्पेसाल ३३/११ के.भी. सबस्टेसनको सञ्चालनले उत्तरी गोरखाको विद्युत् आपूर्तिमा नयाँ अध्याय थप्दै स्थानीय जनताको भरपर्दो विद्युत् सेवाको लामो समयदेखिको अपेक्षा पूरा गरेको छ। यो सबस्टेसन पुर्णरुपमा सँचालनमा आएपछी गोरखा जिल्लाका उत्तरी भेगमा बासिन्दा ले भरपर्दो र गुणस्तरिय बिद्युत सेवा उपभोग गर्ने आशा पलाएको भिमसेन थापा गाँउपालिका का अध्यक्ष श्री लोक प्रसाद बन्जाराले बताउनु भयो । वहाँका अनुसार यो सबस्टेसन सँचालन पस्चात गोरखा बजार सबस्टेसनको समेत लाईन अबरुद्ध हुने समस्या न्युन हुने बताउनु भयो

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version