काठमाडौँ: भक्तपुर नगरपालिका(३ बाराही डेरा गरी बस्ने सोही नगरपालिका(१५ ईताछेका ४४ वर्षीय जिवन शाही सहित ७ जनालाई जुवातास खेलीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १ लाख ३० हजार ५ सय ३० रुपैयाँ नगद र १२ बुक तास प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा निज जिवन शाही, सूर्यबिनायक बस्ने झापा डागीबाडी गाउँपालिका(१ का ४१ वर्षीय मदनकुमार राजबंशी, सूर्यबिनायक बस्ने रामेछाप सुनपाती(२ का ३९ वर्षीय बिबेक लामा, सूर्यबिनायक बस्ने धनुषा गतेश्वरी(१ का २५ वर्षीय सन्तोष श्रेष्ठ, सूर्यबिनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका(६ का ३० वर्षीय बलबहादुर खत्री, सूर्यबिनायक बस्ने रामेछाप लिखु गाउँपालिका(३ का ३८ वर्षीय सुकराम तामाङ, सूर्यबिनायक नगरपालिका(९ काक्राबारी बस्ने २८ वर्षीय बिक्रम तामाङ रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
