काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।
सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो ।
यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीेले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।
सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ । उद्धार गरिएका साहलाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ ।

उद्दार गरिएका कबिर महर्जन