काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौँमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । ती शवलाई पहिचान प्रक्रिया पूरा नभएसम्म सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।

शव पहिचानका लागि मृतकबाट १ हजार २८६ र आफन्तबाट १ हजार ९४४ गरी कुल ३ हजार २३० वटा डीएनए नमुना सङ्कलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ३ जनालाई राखिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version