काठमाडौं: बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप फुटवलमा नेपाल पहिले खेलमै ताजकिस्तानसँग पराजित भएको छ।

आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० ले गोलले पराजित भएको हो। ताजकिस्तानसँले नेपालविरुद्ध २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ६९ औं मिनेटमा पुनः दोस्रो गोल खान पुग्यो।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । साविक विजेतासमेत रहेको नेपाल रहेको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version