पोखरा: पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान पोखरा महानगरपालिका-२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version