काठमाडौँ: साताको अन्तिम कारोवारको दिन पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से बिहिबार तीन दशमलब २३ अंकले घटेर एक हजार २२७ दशमलब ३७ अंकमा पुगेर बजार बन्द भएको छ ।
बुधबार नेप्सेमा १० दशमलब ७६ अंकले, आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो भने मंगलबार नेप्से दुई दशमलब ६९ अंकले बढेको थियो ।
नेप्सेमा लगातार गिरावट आउँदा पूँजी बजारका लगानी कर्ताहरु निराश भएका छन् ।
आजको कारोवारमा सबै भन्दा बढी होटल समूहको परिसूचक २६ दशमलब ६९ अंक, निर्जीवन बीमा समूहको परिसूचक १४ दशमलब ३ अंकले घटेको छ ।
त्यसैगरी, लघुवित्त ११ दशमलब २ अंक, बाणिज्य बैंक २ दशमलब ८६ अंक, विकास बैंक ४ दशमलब ०८ अंक, उत्पादन समूह ६ दशमलब १४ अंक र अन्य समूहको परिसूचक शुन्य दशमलब ७८ अंकले घटेको छ ।
यधपी, ब्यापार मूलक समूहको परिसूचक एक दशमलब ६९ अंक, बित्त एक दशमलब ३६ अंक र जीवन बीमा शुन्य दशमलब ५५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ४४० कारोबारबाट ४२ करोड ८६ लाख ४४ हजार ६०६ रुपैयाँ बराबरका १५ लाख ८२ हजार ५५८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
