काठमाडौँ: जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ ।

नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे ।

रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए ।

राजदुत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए ।

अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे ।

जनकपुर रेलवे विस्तार तथा स्तरन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो ।

रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version