काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ आज पुन: कमजोर भई नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११८.०३ रुपैयाँ र खरीद दर ११७.४३रुपैयाँ तोकेको छ । बिहिबारको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो ।

बिहिबारका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११७.६७ रुपैयाँ तोकेको थियो ।

बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ ।

अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version