काठमाडौँ: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ८ रामेछाप बजारमा राष्ट्रिय वाणिज्य बैकले एटीएम सेवा संचालनमा ल्याएको छ । यो समेत बैंकको एटीएमको संख्या १४१ पुगेको छ ।

उक्त एटीएम सेवाको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र रावा बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा समुद्घाटन गरका हुन् ।

उक्त समारोहमा क्षेत्रीय कार्यालय काठमाडौंका प्रवन्धकद्धय पुष्पा खनाल, रबिन्द्र पोखरेल, शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक अचुत बिष्ट, शाखा कार्यालय रामेछापका प्रवन्धक इन्द्रमणि दुलाल, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी, कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १४१ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आवको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version