काठमाडौँ: यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउँछन्।

“दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ”, उनले भने । विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version