काठमाडौं: नेपाल साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफ़ाइनल्को आजको खेलमा भारतलाई ट्राईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई समेत बिट गर्दै गोल गरेकी थिइन् ।

पहिलो हाफमा १-० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२औं मिनेटमा भारतकी समीक्षाले गोल गर्दै १-१ को बराबरीमा पुर्‍याएकी थिइन् ।

बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version