काठमाडौँ: नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ।

आज बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ, यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।

ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान गर्‍यौं, उनले भने ।

निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२-इ जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर (कल साइन ९ एन-एबीयु) जहाजले एउटा उडान गर्ने उनले जानकारी दिए। ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको उनले बताए।

चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने योजना रहेको उनले जानकारी दिए। आइतबारसम्मका लागि टिकट बुकिङ भइसकेको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version