काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन्

प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बिते पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version