काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताएका छन् ।

विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ ।”

अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताए ।

नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उनले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पु¥याइरहेको छ भने ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुहुने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version