काठमाडौं: नेपाल बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री खुल्ला गरेको छ ।

बैंकले प्रति सेयर १०० अंकित दरमा प्रिमियम बापत १८० रुपैयाँ थपेर प्रति सेयर २८० को दरले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री गर्न लागेको हो । २९३

१९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको बैंकले जनाएको छ । साथै, १९ गते भित्रै आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म आवेदन खुल्ला गर्न सकिने व्यवस्था रहेको छ ।

सेयर निष्काशन खुल्ला गरेको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था रहेको छ । स्वीकृत विवरण मार्फत निष्काशन गरिने साधारण सेयरको लागि न्यूनतम ५० कित्ता तथा १० ले भाग जाने गरी विद्यमान कानुनी व्यवस्थाको सिमा भित्र रहेर अधिकतम कित्ताको लागि आवेदन दिन पाइनेछ ।

दरखास्त फारम सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु मार्फत प्राप्त गर्न र बुझाउन सकिन्छ । आवेदन प्राप्त गर्ने संस्थाले सोही दिन सि–आश्वा प्रणालीमा प्रविष्ट हुनुपर्ने छ ।

यस सम्बन्धि बिस्तृत जानकारी सिद्दार्थ क्यापिटल लिमिटेड र नेपाल बैंक लिमिटेडको वेवसाइमा राखिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version