काठमाडौं: नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिले ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्यायलाई डिआईजी बढुवाको लागि सिफारिस गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version