काठमाडौँ : सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ । मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन् ।

रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए ।

काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी एक करोड ९७ लाख रुपैयाँ छ भने निक्षेप १२ करोड र ऋण आठ करोड रुपैयाँ रहेको जानकारी दिईन । एक हजार ६५ सदस्य रहेको उक्त सहकारीले अहिले रु १५ करोडको कारोवार सञ्चालन गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version