काठमाडौँ: बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ ।

नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक सङ्घसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दशैँका बेलामा हुने बलि रोक्न माग गर्दै अभियान शुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहाल बताए ।

अभियानअन्तर्गत ती सङ्घसंस्थाले एक सातायतादेखि विभिन्न शक्तिपीठ व्यवस्थापन समिति, त्यहाँका पुजारी, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापत्रनपत्र बुझाइएको छ ।

हिन्दू मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि प्रेरित गरिरहेको जानमकारी दिँदै उनि भन्नछन्, “बलिप्रथा रोकेर समाजलाई हिंसामुक्त बनाउनुपर्छ ।” ज्ञापनपत्रमा सजीव प्राणी सबैलाई बाँच्ने अधिकार भएकाले धर्मका नाममा निरीह, प्राणीमाथि खुँडा, खुकुरी, तरबारजस्ता हतियार चलाउनु कायरता भएको उल्लेख छ ।

दशैँलाई साधनाको पर्व, असत्यमाथि सत्यको विजय, पारस्परिक सद्भाव र सम्मानको पर्वको रुपमा विकास गर्दै लैजानुपर्ने भएकाले पशुबलिको कलङ्कलाई हटाउनुपर्नेमा उक्त अभियानमा सक्रिय नायक निखिल उप्रेती जोड दिन्छन ।उनि भन्नछन्, “एक्काइसौँ सताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउताका नाममा छुट्याएर चेतना भएका व्यक्ति पनि हिंसा गर्नमा उत्साहित भएकाले धर्मको नाममा हुने हिंसाजन्य विकृति रोक्नु सबैको कर्तव्य हो ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version