काठमाडौँ: साताको पहिलो कारोवारको दिन आइतबार दोहोरो अंकले घटेको पूँजी बजारमा आज सामान्य सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ६ दशमलब १६ अंकले बढेर एक हजार २२० दशमलब ५२ अंकमा पुगेर बजार बन्द भएको छ ।

आइतबार नेप्से १३ दशमलब ०१ अंकले घटेको थियो । आजको कारोवारमा नेप्से बढे पनि कारोवार रकममा गिरावट आएको छ ।
अन्य र जीवन बीमा समूह बाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ ।

सबै भन्दा बढी होटल समूहको परिसूचक ४८ दशमलब ४३ अंक र निर्जीवन बीमा ३० दशमलब ५ अंकले बढेको छ भने बाणिज्य बैंक ७ दशमलब ६१ अंक, विकास बैंक ११ दशमलब ८७ अंक र उत्पादन मूलक समूहको परिसूचक १३ दशमलब ५६ अंकले बढेको छ ।

त्यसैगरि, जलबिधुत एक अंक, बित्त एक दशमलब ९२ अंक र लघुवित्त ९ दशमलब ०२ अंकले बढेको छ ।

यधपी, जीवन बीमा समूहको परिसूचक ४ दशमलब ७१ अंक र अन्य समूहको परिसूचक ३ दशमलब ९५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ४६ कारोबारबाट ३७ करोड १६ लाख ५६ हजार ९२३ रुपैयाँ बराबरका १४ लाख ५१ हजार ५७२ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आइतबार नेप्सेमा १६० कम्पनीहरुको ४ हजार ७४५ कारोबारबाट ४० करोड ७५ लाख १ हजार ४८१ रुपैयाँ बराबरका १३ लाख ३७ हजार ५२६ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version