काठमाडौँ: सोमबार सामान्य वृद्धि भएको शेयर बजारमा आज मंगलबार पुन: गिरावट आएको छ । शेयर बजार परिसूचक (नेप्से) २ दशमलब ५९ अंकले घटेर एक हजार २१७ दशमलब ९३ अंकमा पुगेर बजार बन्द भएको छ ।
आइतबार १३ दशमलब ०१ अंकले घटेको नेप्से सोमबार ६ दशमलब १६ अंकले बढेको थियो । नेप्से घटेसंगै कारोवार रकममा पनि गिरावट आएको छ ।
अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ ।
सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ३७ दशमलब ६४ अंक र होटल २१ दशमलब ४३ अंकले घटेको छ भने विकास बैंक १ दशमलब ३८ अंक, बाणिज्य बैंक ३ दशमलब ८९ अंक र उत्पादन मूलक समूहको परिसूचक ११ दशमलब ८३ अंकले घटेको छ ।
त्यसैगरि, जलबिधुत १२ दशमलब ८२ अंक, बित्त एक दशमलब ०१ अंक, लघुवित्त ७ दशमलब ६२ अंकले घटेको छ ।
यधपी, अन्य समूहको परिसूचक भने ११ दशमलब ६९ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ६ हजार १७४ कारोबारबाट ३४ करोड ३२ लाख ९४ हजार ४३० रुपैयाँ बराबरका १० लाख १८ हजार ०७९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सोमबार नेप्सेमा १६३ कम्पनीहरुको ४ हजार ४६ कारोबारबाट ३७ करोड १६ लाख ५६ हजार ९२३ रुपैयाँ बराबरका १४ लाख ५१ हजार ५७२ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
