काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनाको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर-१ बाट पराजित भएका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले आफ्नो निर्वाचन क्षेत्र खाली गरि राजीनामा घोषणा गरेका हुन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे ।

सांसद मानन्धरले विकास निर्माणको कामलाई नेता गौतमले सहज ढंगले अघि बढाउने भएकाले आफूले पदबाट राजीनामा दिने तयारी गरेको पनि दावी गरे । नेता गौतम काठमाडौं ७ बाट सांसद बने जनताको सम्मान हुने पनि उनको तर्क छ ।

सांसद मानन्धरले नेता गौतमले आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दावी पनि गरे। जनताको माझमा गएर पार्टीले काम गरेकाले सो क्षेत्रमा निर्वाचन जित्न कठिनाई नहुने उनको भनाइ छ । सांसद मानन्धरले देशको विकासका लागि पार्टीको निर्णय अनुसार आफूले विना सर्त पदबाट राजीनामा दिएको पनि पटक-पटक दोहोर्‍याए ।

गौतमलाई सांसद बनाउन लागेकोमा सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को आलोचना पनि सुरु भएको छ । मानन्धरले पदबाट राजीनामा दिएपछि उपनिर्वाचनमार्फत् गौतमलाई सांसद बनाउने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को योजना छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version