पोखरा: एकपछि अर्को घुस प्रकरण दोहोरिरहेको बेला बुधबार बिहानै सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

कार्यालयका सहन्यायाधिवक्ता थापालाई आज बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो।

ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।

उनीमाथी थप अनुसन्धान चलिरहेको अखित्यारले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version