काठमाडौं: सडक दुर्घटनामा बढी जसो टिपरले अरु पैदल वा साना सवारी चालकका ज्यान लिन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले यसको सञ्चालनमा शनिबारबाट नयाँ नियम लागू गरेको छ।

प्रशासनले आजदेखि आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमाबाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम ल्याएको हो ।

नियमअनुसार बिहान ९ देखि दिउसो ११ः३० बजेसम्म र दिउँसो ५ बजेदेखि साँझ ७ बजेसम्म भने कुनै पनि टिपर चलाउन पाइने छैन भने यस बाहेका समयमा मात्रै टिपर चलाउन अनुमति दिइएको छ।

अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैंको अवसरमा प्रशासनले यो नियम ल्याएको हो ।

यसैबीच ट्राफिक प्रहरीले सावधानी र सुरक्षित पुर्वक टिपर संचालन गर्न अनुरोध गरेको छ । टिपर दुर्घटना बढेसँगै यसअघि प्रशासनले रातको समयमा मात्रै टिपर चलाउने अनुमति दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version