ओखलढुङ्गा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् ।

ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी गरे ।

“अबको दश वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युत्मा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ,” मन्त्री पुनले भने, “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी भन्ने लक्ष्यअनुसार काम भइरहेको छ ।”

मन्त्री पुनले सरकारले जनचहानाअनुसारको काम गरिरहेको दाबी गरे । उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्षभित्रै रेल चड्न पाउने तर्क गरे ।

“ठुला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,” मन्त्री पुनले भन्नुभयो, “अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version